हिंसा र भोकमरीको कारण कङ्गोमा झण्डै दश लाख मानिस विस्थापित

८५ प्रतिशत दुर्व्यवहार पूर्वी क्षेत्रमा

एजेन्सी । बढ्दो भोकमरी तथा हिंसाको कारण लोकतान्त्रिक गणतन्त्र कङ्गोका झण्डै दश लाख मानिस विस्थापित भएका छन् । कङ्गोमा मानव अधिकार उल्लङ्घनका पीडितहरूको सङ्ख्या बढ्दै गएको छ । जसमध्ये ८५ प्रतिशत दुर्व्यवहार, द्वन्द्व प्रभावित पूर्वी क्षेत्रमा रहेको बताइएको छ । कङ्गोको भ्रमण गरेका संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले यस वर्ष मात्रै कङ्गोमा दश लाख मानिस आफ्नो घरबाट विस्थापित भएको बताए । राष्ट्रसङ्घले कङ्गोमा बढ्दो अपहरण , बन्दी बनाउने, यौन दासत्व र बलात्कारपछि हत्या जस्ता घटनाका कारण मानिसहरु विस्तापित हुन बाध्य भएको जनाएको छ ।।  

प्रतिक्रिया