सिन्धुलीमा ऊँट भेटियो

काठमाडौं । सिन्धुलीका हरिहरपुरगढी गाउँपालिकामा मंगलबार बिहान  उँट  भेटिएको छ  । मंगलबार बिहान हरिहरपुर गढी गाउँपालिकाको वडा नम्बर –६ स्थित क्यानेश्वरमा  ऊँट भेटिएको हो । सर्लाहीको भरतताल क्षेत्रमा मेलामा देखाउनका निम्ति पालिएको उँट सिन्धुलीमा देखापरेको डिभिजन वन कार्यालय, मरिणले जनाएको छ ।  
मेलाका लागि मान्छेलाई देखाउन भनेर पालेको उँट चराउने वा अरू कुनै कारणले सिन्धुली ल्याइएको हुनसक्ने  कार्यालयले जनाएको छ । 

सो ऊँट सर्लाही प्रहरीलाई जिम्मा लगाइएको सिन्धुलीका प्रहरी प्रमुख  गोविन्द काफ्लेले जानकारी दिए । खासगरी मरुभूमिका पाइने  उँट कहाँबाट आयो भन्नेबारे केही खुलेको छैन । 

प्रतिक्रिया