आज देखि मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गरिने

काठमाडौं । मंगलबार देखि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजल स्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै छ । 

मेलम्चीका सङ्घर्ष समिति र खानेपानी मन्त्री प्रदीप यादव बीच सोमबार भएको वार्तामा काठमाडौंमा मेलम्चीको पानी पठाउने सहमति भएको हो । मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची गएर सङ्घर्ष समिति एवं त्यहाँका सरोकारपक्ष सँग वार्ता गरेका थिए । 

दशैं अगाडि काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादव सहितको टोली वार्ताका लागि मेलम्ची पुगेको थियो ।

आयोजना निर्माण सुरु भएको २२ वर्ष पछि २०७७ साल चैतमा पहिलो पटक काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो । 

तर, बाढी पहिरोका कारण सो आयोजना पटक पटक बन्द हुँदै आएको छ । 
 

प्रतिक्रिया