स्थानीय तह उपनिर्वाचनका लागि २५ दलले गरे दर्ता

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि २५ वटा दलले उपस्थिति देखाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित  दल मंसिर १६ गते आइतवार हुने उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन्। निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मसमय दिएर दल दर्ताका लागि आह्वान गरेकामा २६ राजनीतिक दलले निवेदन दिएका थिए। जसअनुसार कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम ९४० बमोजिम आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको हो। संसदको चौथो ठुलो दल पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी हुन लागेको हो। 

प्रतिक्रिया