काठमाडौं महानगर ३१ वडाद्वारा नागरिक सुनवाई तथा शुभकामना कार्यक्रमको आयोजना

काठमाडौं । “हर प्रहरी गाउँ र नगरी,टोल टोलमा नेपाल प्रहरी भन्ने” नारा सहित बडा दशै २०८१ को अवसर पारेर काठमाडौं महानगरपालिका वडा नम्बर ३१ ले नागरिक सुनवाई कार्यक्रमको आयोजना गरेको छ ।

नयाँ बानेश्वरको शान्तिनगरस्थित एमिल एकेडेमीमा आयोजित सो कार्यक्रम  बडा दशैं २०८१ सहितका चाडबाडका अबसरमा नागरिकसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने तथा शुभकामना आदान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो । 

कार्यक्रममा देशमा हालै आएको बाढी पहिरोबाट ठूलो मात्रामा धनजनको क्षति भएकोप्रति चिन्ता व्यक्त गर्दै  देशमा आइपरेको संकटको बेला सम्पूर्ण नागरिकले बिपदमा परेकाहरूको पीडामा आ–आफ्नो क्षेत्राट साथ दिन अनुरोध गरिएको थियो।

त्यसैगरी कार्यक्रममा चाडबाडको बेला अपराधका घटना बढ्न सक्ने सम्भावना हुने हुँदा शान्ति सुरक्षाको व्यवस्थापन गर्न नागरिकले सुरक्षा निकाय प्रति अनुरोध गरेका थिए। सो अवसरमा  बिभिन्न व्यक्तित्वहरुले  समाज सुधारका लागि समाजमै बसोवास गर्ने नागरिक बढी जिम्मेवार हुनुपर्ने बताएका थिए। 

कार्यक्रममा भर्खरै सरुवा भएर आएका बानेश्वर बृत्तका प्रहरी  प्रमुख बीरेन्द्र गोदार, भर्खरै न्यायपरिषद्बाट वरिष्ठ अधिवक्ताको उपाधि पाएका शान्ति नगर निवासी  गणेश केसीलाई शान्तिनगर समाजले स्वागत र  सम्मान प्रकट गरेको थियो । कार्यक्रममा  वडा नम्बर ३१ का वडाबासीहरुको सहभागिता रहेको थियो । 
 

प्रतिक्रिया