एकीकरण दिवस समारोहमा उपराष्ट्रपति यादव सरिक

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव जर्मनी एकीकरण दिवसका अवसरमा नेपालका लागि उक्त मुलुकका राजदूत डा. थोमस प्रिन्जले बुधबार साँझ  आयोजना गरेको स्वागत समारोहमा सहभागी भए । 

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत प्रिन्जले हालैको बाढी पहिरोमा परी अमूल्य जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्दै जर्मन सरकार र जर्मनीका जनताका तर्फ बाट नेपाल सरकार र नेपाली जनता प्रति हार्दिक सहानुभूति एवं ऐक्यबद्धता प्रकट गरे। त्यसअघि दिवङ्गत भएकाहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । 

राष्ट्रपति रामचन्द्र पौडेलको यसै वर्ष सम्पन्न जर्मनीको राजकीय भ्रमणले जर्मनी र नेपाल बीचको सम्बन्धलाई अझ घनिभूत ल्याउने मद्दत मिलेको बताए ।  उनले दुई देश बीचको यो सम्बन्ध भविष्यमा अझ घनिभूत हुने विश्वास व्यक्त गरे । 

समारोहमा सांसद, नेपाल सरकारका वरिष्ठ अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका जर्मनीका नागरिक, जर्मनी सँग सम्बन्धित उद्योग–व्यवसायका प्रतिनिधि, वरिष्ठ सञ्चारकर्मी लगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो । 

प्रतिक्रिया