एन्फा एकेडेमीका ३ जना विद्यार्थीको शव हेटौँडा ल्याइयो

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को सिस्नेरी एकेडेमीका ३ जना विद्यार्थीको शव हेटौँडा ल्याइएको छ ।

शनिबार सिस्नेरीस्थित टेकरमा पहिरोमा परेर सिस्नेरीस्थित बत्सला माध्यमिक विद्यालयमा प्रशिक्षण गर्दै आएका ३ जना विद्यार्थीको मृत्यु भएको थियो । मृत्यु हुनेमा हेटौँडा–१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योन्जन र बारा निजगढका विकल रेग्मी रहेका छन् ।

उनीहरूको शव हेलिकप्टरबाट हेटौँडा स्थित बागमती प्रदेश प्रहरी कार्यालयमा ल्याइएको हो । जिल्ला खेलकुद विकास समिति मकवानपुरले हेटौँडाको हुप्रा चउरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

 

प्रतिक्रिया