झ्याप्ले खोलामा एउटा बस र माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु

काठमाडौं । काठमाडौं र धादिङको सिमाक्षेत्रमा पर्ने झ्याप्ले खोलामा एउटा बस र माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको छ । 

पहिरोले पुरिएको अवस्थामा बसबाट ९ जना र लु‍‍ १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर  काठमाडौंले जनाएको छ ।

बसको नम्बर भने खुलेको छैन । घटनास्थलमा प्रहरी वृत थानकोटको टोलि खटिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया