रामेछापका बाढीपहिरो पीडितलाई लायन्स क्लबद्वारा राहत सामग्री वितरण

रामेछाप । लायन्स क्लबले रामेछापका बाढीपहिरो पीडितलाई बिभिन्न राहत सामग्री उपलब्ध गराएको छ । 

लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक –३२५ एफले उद्योग वाणिज्य संघ रामेछापको समन्वयमा  १५ लाखको  राहत सामग्री बाढीपहिरो पीडितलाई उपलब्ध गराएको हो ।  विपद्मा परेकाहरूलाई सहायता प्रदान गर्दै आएको लायन्स क्लबले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं १, ३ र ५ का १४१ घरधुरी वाढी पहिरो प्रभावितका परिवारलाई राहत वितरण गरेको अधिवक्ता समेत रहेका लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनकर्मी गणेश के.सी.ले जानकारी दिए ।  

राहत वितरण कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनका डिस्ट्रिक्ट गभर्नर शंकर सारडा, लायन केशव बहादुर भण्डारी,लायन शम्भु घिमिरे,गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान, उपाध्यक्ष खमला थापा मगर, रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष केशव प्रसाद घिमिरे, वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

वाढी पहिरो पीडितलाई नजिकिदै गरेको चाड पर्वलाइृ लक्षित गरी खाद्यान्नका सामाग्री चामल, तेल, दाल, सहित ओढ्ने व्याल्ंकेट्, थाल, कचौरा, ३ लिटरको प्रेसर कुकर लगायत वितरण गरिएको थियो ।  
चाड पर्वका बेला कसैले पनि भोको बस्नु नपरोस र पीडा महसुस गर्नु नपरोस भनेर राहत सामग्री उपलब्ध गराएको पनि लायन केसीले बताए ।  
 

प्रतिक्रिया