ध्यान योगलाई विद्यालय स्तर सम्म जोड्नु पर्छ : मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ध्यान योगलाई विद्यालय स्तर सम्म जोड्नुपर्ने बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र जीवन विज्ञान परिषद् कोशी द्वारा आज (शनिबार) यहाँ आयोजित विश्व ध्यान दिवस सम्बन्धी कार्यक्रममा उनले विद्यालयका बालबालिका एवं शिक्षकहरूलाई दैनिक ध्यान योगमा जोड्न सके स्वस्थ्य हुनुका साथै अनुशासन कायम गरी समाजलाई सही दिशा तर्फ अगाडि बढाउन सहयोग पुग्ने विचार व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले ध्यान दिवसलाई जनजनमा पुर्याउन सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले प्रदेश सरकारले विसं २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको उपलक्ष्यमा यही महिना भित्र पर्यटन मन्त्रालय द्वारा प्रदेशका सचिव, कर्मचारी सहित एकदिने ध्यान शिविर आयोजना गर्ने जानकारी दिए ।
शिविरकी मोरङ सहसंयोजक रिता बराल कार्कीले ध्यान मानव जीवनमा यसको महत्व बारे चर्चा गरेका थिए भने मोरङ सयोजक चन्द्र च्याम्जुङले शिविर सञ्चालन गरेका थिए ।
रासस
सिंहदरबार स्थित खानेपानी मन्त्रालयमा आगलागी
प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)
निर्माणाधिन सडक योजनामा १६ करोड बजेट थप
तीस किलोको खुकुरी !
पोखरा भ्रमण वर्ष घोषणाको तयारीमा महानगर

आजको मौसम : तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
वन नजिकका बस्तीमा जङ्गली हात्तीको उपद्रो

प्रतिक्रिया