पाण्डेलाई एभिन्यूज खबरको सम्पादकको  जिम्मेवारी

काठमाडौं । एभिन्यूज खबर टेलिभिजनका वरिष्ठ कार्यक्रम प्रस्तोता एवं पत्रकार सुशील पाण्डेलाई सम्पादकको पनि जिम्मेवारी दिइएको छ । 

बुधवार एक कार्यक्रमका बीच पाण्डेलाई एभिन्यूजका कार्यकारी अध्यक्ष भाष्करराज राजकर्णिकारले सम्पादकको जिम्मेवारी पत्र दिएका  हुन् । लामो समयदेखि पत्रकारितामा आवद्ध पाण्डेले एभिन्यूज खबरमा वरिष्ठ कार्यक्रम प्रस्तोताको रुपमा काम गर्दै आएका छन् ।

नुवाकोटको बिदूर नगरपालिका वडा नम्बर १० का स्थायी वासिन्दा पाण्डे विगतमा अध्यापन पेशामा समेत संलग्न रहेका थिए । सम्पादकको साथै उनलाई थप बिबिध कार्यक्रम निर्माण तथा प्रस्तुतीको  पनि जिम्मेवारी दिइएको छ । सम्पादकका रुपमा पाण्डेले कार्यभार सम्हाल्दै गर्दा उनको विज्ञता र अनुभवले व्यवसायिक पत्रकारिताको क्षेत्रमा थप योगदान पुग्ने विश्वास एभिन्यूज खबर टेलिभिजनले लिएको छ । 

प्रतिक्रिया