बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जनमा फेरि अवरोध

आजबाट सिस्डोल र बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न प्रतिबन्ध लगाइएको छ । ककनी गाउँपालिका, धुनिबेँसी नगरपालिकाका जनप्रतिनिधि र स्थानीयले काठमाडौंबाट फोहोर बोकेर गएका टिपरलाई बाटोमै रोकेका छन् । डम्पिङ साइट आसपासका ढुंगाना गाउँ, पहिरे र सुडीनीलगायतका ठाउँमा फोहोरले बस्न नसकिने अवस्था आएको स्थानीयको भनाइ छ । आफूहरूको मागको सुनुवाइ नभएकाले फोहोर अवरोध गरिएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । नुवाकोटको ककनी गाउँपालिकाले प्रत्येक फोहोर बोकेर लगेको ट्रकको एक हजार पाँच रूपैयाँ लिने विषय गाउँसभाबाट पारित गराएको थियो । तर, अहिले पैसा उठाउने विषयभन्दा पनि स्थानीयको स्वास्थ्य महत्वपूर्ण भएकाले फोहोर नै फाल्न नदिने  निस्कर्षमा उनीहरु पुगेका हुन ।

प्रतिक्रिया