जागरण सभाले सडकमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदूषण गरेको भन्दै एमालेलाई एक लाख जरिवाना तोकेको छ । 

शुक्रबार गरेको जागरण सभाका कारण सडकमा फोहोरमैला सिर्जना गरी प्रदूषण गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो । महानगरपालिकाको नगर प्रहरीका निरीक्षक लिलाराज गाछा द्वारा हस्ताक्षरित एमाले केन्द्रीय कार्यालयलाई सम्बोधन गरेर लेखिएकोमा पत्रमा कानूनबमोजिम एक लाख रुपैयाँ जरिवाना तोकिएको उल्लेख छ । 

सरकारको नेतृत्वमा रहेको दल नेकपा एमालेले शुक्रबार काठमाडौं उपत्यकास्तरीय प्रदर्शन तथा दरबारमार्ग स्थित सडकमा जागरण सभा आयोजना गरेको थियो । सभा सकिए लगत्तै काठमाडौं महानगरपालिकाले जागरण सभाका कारण सार्वजनिक स्थान सडकमा फोहोरमैला भएको र त्यहीकारण प्रदूषण फैलाउन मद्दत पुगेको भन्दै एमालेलाई पत्राचार गरेको हो । 

महानगरपालिकाले फोहोरमैला व्यवस्थापनमा ऐनविपरीत गर्नेहरूलाई यसअघि पनि जरिवाना गर्दै आएको छ ।
 

प्रतिक्रिया