बीरगञ्ज स्थित भाटभटेनीमा म्याद गुज्रेका खाद्य सामग्री भेटियो

महेश दास

बीरगञ्ज ।  बीरगञ्ज स्थित भाटभटेनी सुपर मार्केटमा म्याद गुज्रेका खाद्यान्न सामग्री फेला परेकोमा आइतवार बीरगञ्ज महानगरपालिकाले जरिवाना गरेको छ ।

भाटभटेनी सुपरमार्केट अन्तर्गत अतिथि भेजिटेरियन रेस्टुरेन्ट र शाह होल्डिङ्स प्रालिलाई जनही ५ – ५ हजार रुपैयाँ जरिवाना गरेको छ । बीरगञ्ज महानगरपालिकाले बीरगञ्ज पिपरास्थित भाटभटेनी सुपरमार्केटको माथिल्लो तलामा रहेका चारवटा रेस्टुरेन्टमा आइतबार अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा म्याद गुज्रेका मःम, चाउमिन, मासु, अमृत तेल, मैदा, बेसन लगायतका सामग्री फेला परेका थिए ।  म्याद गुज्रेका ४ बोरा मैदा, २ प्याकेट कुखुराको मासु, ४ प्याकेट चाउमिन, ५ सय ग्राम गोल्ड बेसन, ६ प्याकेट अमृत तेल र एक प्याकेट मन्चुरियनलाई नष्ट गरिएको छ । 

अनुगमनपछि  सुपरमार्केट अन्तर्गत अतिथि भेजिटेरियन रेस्टुरेन्ट र शाह होल्डिङ्सप्रालिलाई जनही ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

बीरगञ्ज महानगरपालिकाका खाद्यान्न अधिकृत विपिन कुमार लाल दासले महानगरको कार्यविधिमा अनुसार ५–५ हजार जरिवाना र चेतावनी दिइएको  बताए ।

प्रतिक्रिया

द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छः मुख्यमन्त्री आचार्य

द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छः मुख्यमन्त्री आचार्य

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

जापानका प्रधानमन्त्री चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने

जापानका प्रधानमन्त्री चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने

महसुल नतिर्ने उद्योगीलाई पुनको प्रश्न: चरम लोडसेडिङ खेपेका जनता बिरोधमा उत्रिए परिणाम के हुन्छ ?

महसुल नतिर्ने उद्योगीलाई पुनको प्रश्न: चरम लोडसेडिङ खेपेका जनता बिरोधमा उत्रि…

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा नजाने, गृहमन्त्रीले सहभागीता जनाउने

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा नजाने, गृहमन्त्रीले सहभागीता जना…

रास्वपा लक्षित उपप्रधानमन्त्री सिंहको कटाक्ष: वैकल्पिक हुँ भन्नेहरूले कानुनको पालना गर्नु पर्दैन ?

रास्वपा लक्षित उपप्रधानमन्त्री सिंहको कटाक्ष: वैकल्पिक हुँ भन्नेहरूले कानुनको पा…

बालिका यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवानद्धारा झुण्डिएर आत्महत्या

बालिका यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवानद्धारा झुण्डिएर आ…

वेस्टह्याम युनाइटेडद्वारा म्यानचेस्टर युनाइटेड पराजित

वेस्टह्याम युनाइटेडद्वारा म्यानचेस्टर युनाइटेड पराजित