द्वन्द्वकालमा बालबालिकाको प्रयोग विरुद्ध परेको रिटमा सर्बोच्चले दियो अग्राधिकार

काठमाडौ। सर्बोच्च अदालतले माओवादी द्वन्द्वकालमा बालबालिकाको प्रयोग विरुद्ध परेको रिटमा बिपक्षीहरुलाई झिकाउने आदेश दिएको छ। अधिवक्ताद्वय डा. ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले भाद्र २८ गते दर्ता गरेको  रिटमा सर्बोच्चले बिपक्षहरुलाई झिकाउने आदेश दिदै अग्राधिकारमा राखेर अघि बढ्न आदेश दिएको हो । 

रिटमा २०५२ फाल्गुण १ देखी २०६३ मंसिर ३ सम्म चलेको माओवादी द्वन्द्वलाई हिंसा र ह्त्याको राजनिति भन्दै बालबालिका हरुको प्रयोगलाई 'युद्द अपराध' घोषित गर्दै माग गरिएको छ। बालबालिका हरुको प्रयोग गर्नेलाई युद्द अपराधीहरु भन्दै हदैसम्मको कारबाही माग गरि अधिवक्ताद्वयले रिट दायर गरेका थिए।  

आइतवार भएको सुनुवाईको क्रममा अधिबक्ता डा. ज्ञान बस्नेत, बरिष्ठ अधिबक्ता धुर्बलाल श्रेश्ठ र अधिबक्ता श्यामकृष्ण मास्केले बहस गरेका थियो । 

२०५२ साल फाल्गुण १ गते देखी २०६३ साल मंसीर ५ गते सम्म चलेको शसस्त्र द्वन्द्वमा युद्धाका दु्वै पक्षबाट जवरजस्ती बालबालिकाको प्रयोग गरेको, बालबालिकाको हत्या, अपहरण र विद्याललय र अस्पतालहरुमा आक्रमण गरीएको, विद्रोहीहरुले बालबालिकाहरुलाई लडाकुको रुपमा प्रयोग गरेको, गोला वारुद बोकाएको, भरियाको रुपमा र सुराकीको रुपमा प्रयोग गरेको साथै विद्यालयहरु कव्जा गरेर आफनो युद्धको आधार बनाएको जस्ता कारणहरू रिटमा खुलाईएको छ । 

अन्तर्राष्ट्रिय मानवीय कानुनले १५ वर्ष मुनीका बालबालिकालाई लडाई, भरीया, खाना पकाउने, सुराकी, यौनजन्य कार्य आदिमा प्रयोग भए, गरे युद्ध अपराध मानेको छ। संयुक्त राष्ट्रसंघ मिसनले मुलुक शान्ति प्रकृयामा गए पछि २,९७३ बालसेना माओवादीको सशस्त्र युद्धमा प्रयोग भएको प्रमाणीत गरेको छ। 

अधिवक्ताद्वय डा. ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले रोम विधानको अनुमोदनको माग गर्दै सरकार विरूद्ध परमादेश जारी गर्न माग राखेर रिट दर्ता गराएको अर्को रिटमा भने अदालतले, अहिले सम्म यो विधान अनुमोदन किन नगरिएको भन्दै कारण सहित १५ दिन भित्र उपस्थित हुन आदेश जारी गरेको छ ।

प्रतिक्रिया

द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छः मुख्यमन्त्री आचार्य

द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छः मुख्यमन्त्री आचार्य

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

जापानका प्रधानमन्त्री चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने

जापानका प्रधानमन्त्री चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने

महसुल नतिर्ने उद्योगीलाई पुनको प्रश्न: चरम लोडसेडिङ खेपेका जनता बिरोधमा उत्रिए परिणाम के हुन्छ ?

महसुल नतिर्ने उद्योगीलाई पुनको प्रश्न: चरम लोडसेडिङ खेपेका जनता बिरोधमा उत्रि…

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा नजाने, गृहमन्त्रीले सहभागीता जनाउने

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा नजाने, गृहमन्त्रीले सहभागीता जना…

रास्वपा लक्षित उपप्रधानमन्त्री सिंहको कटाक्ष: वैकल्पिक हुँ भन्नेहरूले कानुनको पालना गर्नु पर्दैन ?

रास्वपा लक्षित उपप्रधानमन्त्री सिंहको कटाक्ष: वैकल्पिक हुँ भन्नेहरूले कानुनको पा…

बालिका यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवानद्धारा झुण्डिएर आत्महत्या

बालिका यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवानद्धारा झुण्डिएर आ…

वेस्टह्याम युनाइटेडद्वारा म्यानचेस्टर युनाइटेड पराजित

वेस्टह्याम युनाइटेडद्वारा म्यानचेस्टर युनाइटेड पराजित