एन्फा महिला लिग: एपीएफद्वारा कर्णाली प्रदेश ६–० ले पराजित

काठमाडौ । विभागीय टोली नेपाल एपीएफ क्लब एन्फा महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ६–० गोल अन्तरले पराजित गर्दै एपीएफ तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । एपीएफलाई जित दिलाउन रश्मी कुमारी घिसिङले दुई, निशा थोकर, गीता राना मगर र हिमा रावतले एक एक गोल गरे । एपीएफले एक आत्मघाती गोल उपहार पाएको थियो । कर्णालीकी वर्षा ओलीले आत्मघाती गोल उपहार दिएकी हुन । जितसँगै एपिएफले अपराजित यात्रालाई निरन्तरता दिएको छ । पाँच खेलबाट १३ अंक जोडेको एपिएफ अंकतालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । कर्णालीको भने यो लगातार चौंथो हार हो । कर्णालीले पाँच खेलबाट मात्र एक अंक जोडेको छ र उ तालिकाको नवौं स्थानमा छ । अहिले दोस्रो खेलमा बागमती युवा क्लबले चन्द्रपुर नगरपालिकाको सामना गरिरहेको छ । चन्द्रपुर चार खेलबाट तीन अंक जोड्दै तालिकाकोे छैटौं स्थानमा छ भने बागमतीको पनि समान खेलबाट तीन अंक नै छ । र उ तालिकाको आठौं स्थानमा छ ।। 

प्रतिक्रिया