पलेशा पोखरामा सम्मानित, गण्डकी प्रदेश सरकारले मासिक भत्ता दिने

पोखरा। ऐतिहासिक पदक विजेता पलेशा गोबद्धन पोखरामा सम्मानित भएकी छन्।
पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशालाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र कास्की जिल्ला तेक्वान्दो संघले सम्मान गरेका हुन् ।

आइतबार पोखरा रंगशालामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले सम्मान गर्यो। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पलेसलाई १ लाख ५० हजार रुपैयाँले सम्मान गरेका हुन्। गण्डकी प्रदेश सरकारले  पलेशालाई मासिक भत्ता पाँच हजार पनि दिने भएको छ ।  

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले २ लाख २२ हजार २२२ रुपैयाँसहित सम्मान गरे। महानगरले पलेशाका प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई समेत सम्मान गरेको छ।

कास्की जिल्ला तेक्वान्दो संघले ५१ हजार रुपैयाँ प्रदान गर्दै पलेशालाई सम्मान गरेको छ। संघले प्रशिक्षक लामालाई १० हजार ५५ रुपैयाँ प्रदान गरेको छ।

पारा ओलम्पिकमा पलेशाले महिला ५७ केजीमुनिको विधामा ऐतिहासिक कास्य पदक हात पारेकी थिइन् ।

यसअघि उनलाई सरकारले सम्मान गरेको थियो। काठमाडौं महानगरपालिद्वारा उनी सम्मानित भएकी छन् ।

प्रतिक्रिया

विधिको शासन कायम गर्न वर्तमान सरकार बनेको हो : मन्त्री सिंह

विधिको शासन कायम गर्न वर्तमान सरकार बनेको हो : मन्त्री सिंह

द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छः मुख्यमन्त्री आचार्य

द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छः मुख्यमन्त्री आचार्य

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

जापानका प्रधानमन्त्री चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने

जापानका प्रधानमन्त्री चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने

महसुल नतिर्ने उद्योगीलाई पुनको प्रश्न: चरम लोडसेडिङ खेपेका जनता बिरोधमा उत्रिए परिणाम के हुन्छ ?

महसुल नतिर्ने उद्योगीलाई पुनको प्रश्न: चरम लोडसेडिङ खेपेका जनता बिरोधमा उत्रि…

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा नजाने, गृहमन्त्रीले सहभागीता जनाउने

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा नजाने, गृहमन्त्रीले सहभागीता जना…

रास्वपा लक्षित उपप्रधानमन्त्री सिंहको कटाक्ष: वैकल्पिक हुँ भन्नेहरूले कानुनको पालना गर्नु पर्दैन ?

रास्वपा लक्षित उपप्रधानमन्त्री सिंहको कटाक्ष: वैकल्पिक हुँ भन्नेहरूले कानुनको पा…

बालिका यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवानद्धारा झुण्डिएर आत्महत्या

बालिका यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवानद्धारा झुण्डिएर आ…