इलाममा हुन थाल्यो रेड किबीको उत्पादन

इलाम । इलाममा रेड किबीको उत्पादन सुरु भएको छ । 

अन्य किबी कात्तिक महिना देखी मात्र उत्पादन हुने भएपनि रेड किबी भने भदौ अन्तिमदेखि नै उत्पादन हुने गर्दछ । बाहिरी भागमा चिल्लो हुने किबीको भित्रि भागमा रातो हुने भएकाले यसलाई रेड किबी भनिएको हो । 

धेरै पौष्टिक तत्वले भरिपूर्ण रेड किबि अन्य प्रजातिका किबी भन्दा महङ्गोमा बिक्रि हुने भएपछि इलाममा खेती विस्तार हुने क्रम बढेको छ । बर्खामा खासै आन्दानी नहुने समयमा रेड किविको खेती गर्दा मनग्ये आम्दानी हुने गरेको किसानहरुको भनाइ छ । 

बिशेष गरेर सन्दकपुर गाउँपालिका–३ को तालगाउँ लगायत इलाम नगरपालिका, देउमाई नगरपालिका, सूर्योदय नगरपालिकाबा यसको बढि खेती हुने गरेको छ । इलाममा करिब कुल सात सय ८० हेक्टरमा किवि खेती हुने गरेको जिल्ला कृषि बिकास कार्यालय इलामले जनाएको छ । 

नेपालमा रेड किबी सहित हरियो गुदि भएको हेवार्ड, एलिसन, मोन्टी, ब्रानो, एवोट, मचुवा र टिमोरी जातको किवि उत्पादन हुने गर्दछ ।


 

प्रतिक्रिया