असार अन्तिमसम्म देशैभर २२ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ

असार अन्तिमतिर आइपुग्दा पनि  देशैभर कूल २२ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको छ । कृषि विभागका अनुसार गतवर्ष यस अवधिमा करिब ४५ प्रतिशत रोपाइँ भइसकेको थियो ।  समयमै पानी नपर्दा धान रोपाइँमा ढिलाइ भएको हो । गतवर्ष २२ गतेसम्म ४९ दशमलव ३३ प्रतिशत अर्थात ९६ लाख २ हजार ३४२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । तर यो बर्ष असार १९ गतेसम्मको तथ्यांक अनुसार कूल २२ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ भएको पाइएको छ । गतवर्ष १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो भने यो वर्ष सरकारले १४ लाख ९५ हजार ८ सय ८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको छ । असार १९ सम्म देशभर कूल ३ लाख २९ हजार ४ सय ३६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । सबैभन्दा बढी धान उत्पादन हुने मधेश प्रदेशमा असार सकिनै लाग्दा पनि यसवर्ष सबैभन्दा थोरै क्षेत्रमा रोपाइँ भएको छ । असार १९ गतेसम्मको तथ्यांक हेर्दा  तराइँको ९.५३ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।। 

प्रतिक्रिया