काठमाडौंमा  इन्द्रजात्राको तयारी

काठमाडौं । यस वर्षको इन्द्रजात्रालाई भव्य, सभ्य र शान्तिपूर्ण रुपमा मनाउका लागि काठमाडौंको लाखेननीस्थित मजिपाट लाखे गुठीले छलफल तथा व्यवस्थापन कार्यक्रम गरेको छ । 

शनिबार मजिपाट लाखे आजुका गुठियार, काठमाडौं महानगरपालिका–२० नम्बर वडाका जनप्रतिनिधि, जनसेवा महानगर प्रहरीका प्रतिनिधि, इन्द्रजात्रा व्यवस्थापन समिति, हलचोक भैरव गुठीका प्रतिनिधिबीच इन्द्रजात्रालाई भव्य र शान्तिपूर्ण बनाउने बिषयमा छलफल भएको हो । उनीहरुले इन्द्रजात्रा र लाखेआजुको महिमाको बारेमा जनचेतना फैलाउँदै जात्रामनाउन सक्दो पहल गर्ने जनाएका छन् ।

गुठियारहरुले लाखे आजुको आवरणजस्तै कभर देखाएर विभिन्न समूह र व्यक्तिले अनाधिकृत फाइदा लिइरहेकोभन्दै त्यस्ता कार्य निरुत्साहित गर्न सबैलाई आग्रह समेत गरेका छन् । जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षा सतर्कता बढाउने प्रतिवद्धताप्रहरीले जनाएको छ ।यस वर्ष भदौ २१ गते विहान १० बजेर ४७ मिनेटको साइतमा हनुमानढोकाबाट वनयात्रा सुरु भएसँगै औपचारिक रुपमा शुरु भएको हो । भदौ २६गते बुधबार विहान १० बजेर ३२ मिनेटको साइतमा लिङ्गो नगर प्रवेश गराइन्छ ।

भदौ ३० गते आइतबार विहान ८ बजेर २६ मिनेटको शुभ साइतमाइन्द्रध्वज उत्थान हुनेछ । असोज १ गते मंगलबार कुमारी रथ यात्रा सुरु हुन्छ ।यस दिन राष्ट्र प्रमुखसहित विशिष्ट पदाधिकारीहरूले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने चलन छ । असोज ५ गते राती १० बजेर ३१ मिनेटको साइतमाइन्द्रध्वज ढालेपछि यस वर्षको इन्द्रजात्रा समापन हुनेछ ।

प्रतिक्रिया