सिन्धुलीको बजार र मुख्य चोकमा जुनारले भरिभराउ
काठमाडौं । बारी र बगैँचामात्रै होइन, यतिबेला सिन्धुलीका मुख्य चोक र बजारक्षेत्र पनि पाकेका जुनारले भरिभराउ छन् ।
किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याईनभ्याई छ । जिल्लाको छुट्टै पहिचान बनाएको स्वादिष्ट जुनारले किसानलाई आत्मानिर्भर बनाउँदै गएको छ भने व्यापारीलाई स्वरोजगारको अवसर प्राप्त भएको छ ।
जुनारको बजारीकरण, व्यवस्थापन तथा जुनारमा लाग्ने रोग र किरा नियन्त्रणको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, सिन्धुली र स्थानीय सरकारले किसानलाई सघाईरहेको छ । पाकेका जुनार बजारसम्म पुर्याउन पहिलाजस्तो समस्या छैन । कच्ची सडकमा दु:खले गुडेर भएपनि गाडी बगैँचासम्म पुग्ने गरेका छन् । तर, बजार र व्यापारीले दिने मुल्यसँग भने जुनार उत्पादन गर्ने किसान सन्तुष्ट छैनन् ।
पुर्वी तराईका विभिन्न जिल्लाबाट यहि राजमार्ग हुदै काठमाडौं आवात जावत गर्ने दैनिक हजारौ साना ठूला सवारीका यात्रुनै जुनारको मुख्य ग्राहक हुन् । बस माइक्रोबसदेखि अन्य साना गाडीले खनियाखर्कमा यात्रुलाई जुनार किन्नकै लागि केहि समय रोकिदिने गरेकाले समेत खनियार्क बजार जुनारले भरिएको छ ।
रसिलो फल जुनार यात्रुका लागि सिन्धुलीको मुख्य कोसेली हुने भएकाले जुनार यात्रुको रोजाइमा समेत पर्न थालेको छ । विपी राजमार्गको खनियाखर्क आसपासमा जस्ताका टहरा बनाएर जुनार विक्रीका लागि राखेपछि खनियाखर्क बजारनै जुनारले उज्यालिएको स्थानीयले बताउँछन् । खनियाखर्क बजार आसपासमा मात्रै दुई दर्जनबढी जुनार व्यवसायी छन् । किसानको बोटबाट जुनार किनेर बजारमा ल्याएर बेच्ने व्यापारी समेत बढेको स्थानीयले बताउँछन् ।
महाभारत क्षेत्रका किसानलाई जुनार टिपेर बजारमा पुर्याउन अहिले भ्याइनभ्याइ छ । यस क्षेत्रका गाउँबस्तीका बारी र बगैँचा अहिले जुनार पाकेर पहेँलपुर देखिएको छ । किसानका अधिकांश बगैँचामा अहिले जुनार लटरम्म देखिन्छन् ।
जिल्लाको रतनचुरा, जलकन्या, तिनकन्या, डुडभञ्ज्याङ, वितिजोर, वासेश्वर, तोस्रामखोला क्षेत्रलाई जुनार उत्पादनका हिसाबले सुपरजोनअन्तर्गत पकेट क्षेत्रका रूपमा अघि बढाइएको छ । जिल्लाको महाभारत क्षेत्रको ठूलो भूभागमा जुनारका अतिरिक्त सुन्तला, कागती, निबुवा र ज्यामिर उत्पादनका लागि उर्वर भूमि मानिन्छ ।
जिल्लामा वार्षिक एक लाख बढी जुनार सुन्तला बिक्री गर्ने किसानको संख्या दुई हजार बढी छ । एउटा वयस्क बोटमा एक हजारदेखि एक हजार ५०० दानासम्म जुनार उत्पादन हुने गर्छ । जिल्लामा एउटै बोटमा छ हजार दानासम्म फलेको रेर्कड छ ।
सिन्धुली जिल्लामा अहिले वार्षिकरूपमा ५० करोड मूल्य बराबरको जुनार उत्पादन हुने गरेको छ । उत्पादित मध्ये धेरै ताजा फल र ताजा जुसको रूपमा प्रयोग हुँदैै आएको छ भने कम गुणस्तरका केही प्रतिशत मात्रै प्रशोधन हुने गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, सिन्धुलीका अनुसार जिल्लामा एक हजार ३१८ हेक्टरमा जुनार, सुन्तलाको खेती भइरहेको छ । सात सय ९४ हेक्टरमा लगाइएको बोटले उत्पादन दिइरहेका छन ।
![हर्कले भेटे खानेपानी मन्त्री,धरानको खानेपानीको समस्या समाधानको प्रयास गर्ने प्रतिबद्धता](https://snowberry.prixacdn.net/media/gallery_folder/pradip%2520yadab%252Charka_WCS58syHKW_xhxomxdebqeztyj3fdb4fym6egisj8pwpnrcej79o9po1gt7v0fmlwsnokmp_r1qTne0QHu_b8b8jg5a7mmc1ibgenuwu5iqybbdwo3x8l2kuqhk0az6afmoj9zoey5t5zoh.jpg)
हर्कले भेटे खानेपानी मन्त्री,धरानको खानेपानीको समस्या समाधानको प्रयास गर्ने प्…
अमेरिकामा टिकटक पुनः सुचारु
कोशी प्रदेशसभा बैठक बस्दै
सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित
![मकैखेती विस्तार गर्न किसानलाई अनुदान](https://snowberry.prixacdn.net/media/gallery_folder/makai-baaari_JpZiSFVPKv_ccctgmoqxdvfvhliemuhkyttzsi0nv3feyjziql4smhbsybbaszdovmzlglz_ERR5I7OMuI_6oml95vvem6iqsj6yrpo64isrcmxzbmxak4z4llsmkfdus7bsjwozdzz5vvi.jpg)
मकैखेती विस्तार गर्न किसानलाई अनुदान
सहयोग रकम जुटाएर स्वास्थ्य चौकी भवन निर्माण
![विपिन सकुशल घर फर्किने आशामा परिवार](https://snowberry.prixacdn.net/media/gallery_folder/bipin-joshi-removebg-preview_Z0DIdpsyec_0atbihwha7bp3vte00c8asjhdp8j7of1rrsi4kozj8rteefyoypx4gkew6dq_LITHW8kaIu_2j38i4i6fy1dx8s19cpnzgyaekmvopc4wihrbnbkl1kzpfgonnwvzlbc5hbe.png)
विपिन सकुशल घर फर्किने आशामा परिवार
![आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर](https://snowberry.prixacdn.net/media/gallery_folder/biniyar%2520dar_N4vaTzyjPt_edmvu6kridr2xlwcy1luy9kb0swp4of5w6plndnjlb4xdcx5lmoe9edqhfwt_x1JKPvdscg_tvddplnbs7vjk1t0xin0i5looukkkv9jruyfnx1zaeyc7rmynhgul6zzcmql.jpg)
प्रतिक्रिया