अभ्यास खेलमा नेपाल श्रीलंकाको डेभलभमेन्ट क्लबसँग पराजित

काठमाडाैँ । विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने त्रिकोणत्मक एकदिवसीय सिरिजको तयारीका लागि श्रीलंका पुगेको नेपाल आफ्नो पहिलो अभ्यास खेलमा स्थानीय श्रीलंका डेभलभमेन्ट क्लबसँग पराजित भएको छ।

यसअघिका दुई खेल वर्षाका कारण हुन नसकेको अवस्थामा आज भएको खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको हो। नेपालले आगामी १६ सेप्टेम्बर बाट क्यानडामा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दै छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४० ओभरमा १ सय ५९ रन बनाउँदा अलआउट भएको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले ५० बलमा ४३ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक कुशल मल्लले ३५ रन बनाउँदा आरिफ शेखले २० रन बनाए। थप दोहोरो स्कोरका रुपमा करण केसीले १५ रन बनाएका थिए। श्रीलंका डेभलपमेन्टका लगि गरुका संखेथले ४ विकेट लिएका थिए।

१ सय ६० रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंका डेभलपमेन्टले २६।५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्योर। उसका लागि कृषन सन्जुलाले सर्वाधिक ६८ रन बनाउदा असेन बन्दराले ३४ र रभिन्दु रसन्थाले २५ रन बनाएका थिए। उसका धन्नजय लक्सान ११ रनमा अविजित रहे।

नेपालका लागि गुल्सन झा र सोमपाल कामीले २(२ विकेट लिंदा अर्को एक विकेट ललित राजवंशीको नाममा रह्यो। आजको खेलमा सन्दीप लामिछाने तथा कप्तान रोहित पौडेल अनुपस्थित थिए। रोहितको स्थानमा सोमपालले नेपालको कप्तानी समालेका थिए।

प्रतिक्रिया