इजरायली अदालतले  आम हड्ताल बन्द गर्न दियो आदेश

एजेन्सी । इजरायली अदालतले गाजा बन्धकहरूलाई फिर्ता गर्न असफल भएको विरोधमा इजरायलमा गरिएको आम हडतालको आह्वान  रोक्न आदेश दिएको छ । 

 आम हड्तालका कारण सोमबार इजरायलको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरि बन्द र अवरोध सिर्जना भएको छ ।  प्यालेष्टाइनको गाजामा ६ जना बन्धक मृत फेला परेपछिको आक्रोशमा दशौँ हजार इजरायली आइतबार प्रदर्शन गर्न सडकमा ओर्लिएका थिए । सोमबार इजरायलको मजदुर संगठनले आम हड्तालको आव्हन गरेको थियो । प्रदर्शनकारीले प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई दोष दिँदै युद्धको अन्त्य गर्न हमाससँगको सम्झौतामा उनीहरूलाई जीवित फिर्ता गर्न सकिने धारण व्यक्त गरेका छन् ।  तर अन्यले हमासमाथि सैन्य दबाब कायम राख्ने नेतान्याहुको रणनीतिलाई समर्थन गरेका छन् ।

इजरायली ट्रेड युनियन, हिस्टाड्रटले सोमबारका लागि आम हडतालको आह्वान गरेको हो। यसको उद्देश्य बैंकिङ, स्वास्थ्य सेवा र देशको मुख्य विमानस्थल लगायत अर्थतन्त्रका प्रमुख क्षेत्रहरू बन्द गर्ने वा अवरोध गर्ने हो ।

बन्द आह्वाहनले इजरायलको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल बेन–गुरियनमा वायुसेवाहरूले केही समयका लागि उडानहरू रोकेका थिए भने इजरायल विमानस्थल प्राधिकरणका अनुसार आगमन उडानहरू सामान्य रूपमा जारी थिए ।

 हडतालका कारण बैंक, ठूला मल र सरकारी कार्यालयहरू सबै बन्द थिए भने सार्वजनिक यातायात सीमित थियो । तेल अभिभसहित इजरायलको अन्य क्षेत्रका नगरपालिकाले हडतालमा भाग लिइरहेका थिए  ।

यद्यपि जेरुसेलमसहितका केही नगरपालिकाले हडतालमा भाग लिएका थिएनन् । हडताल राजनीतिबाट प्रेरित भएको भन्दै राज्यले श्रम अदालतमा हडताल रद्द गर्न अपिल गरेको इजरायली सञ्चार माध्यमले जनाएका छन् ।  ।
युद्ध सुरु भएपछिको सबैभन्दा ठूलो प्रदर्शन आइतबार भएको थियो ।प्रदर्शनका सहभागीहरूले नेतान्याहूले गाजामा बन्दी बनाइएका बन्धकहरूलाई फिर्ता गर्ने सम्झौता गरी हमासलाई यथावत राखी फिर्ता लिनु पर्ने माग गरेका छन् ।

नेतान्याहूले हमासमाथि “पूर्ण विजय“ को वाचासहित वार्ताको असफलताका लागि हमासलाई दोष दिएको छन् । इजरायली सेनाले सुरङ्गमा पुग्नुभन्दा अघि नै हमासले बन्धकहरूलाई मारेको  जनाएको छ । 

नेतान्याहूले हमासलाई दोष दिँदै जसले बन्धकहरूको हत्या गर्छ उसले सम्झौता नचाहने बताएका छन् । हमासले उनीहरूको मृत्युमा इजरायल र अमेरिकालाई दोष दिँदै गाजाका दुई रणनीतिक करिडोरमा स्थायी इजरायली नियन्त्रणसहित नयाँ मागहरू जारी गरेर वार्ता बिथोलेको आरोप लगायो । हमासले युद्धको अन्त्य, इजरायली सेनाको पूर्ण फिर्ती र उच्च–प्रोफाइल उग्रवादीसहित ठूलो सङ्ख्यामा प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा बन्धकलाई रिहा गर्ने प्रस्ताव गरेको छ ।

आइतबार मृत फेला परेका ६ जना बन्धकमध्ये एक इजरायली–अमेरिकी हर्श गोल्डबर्ग–पोलिन, बर्कले, क्यालिफोर्नियाका मूल निवासी थिए ।अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबारको घटनापछि आफू ‘निराश र आक्रोशित’ भएको बताएका थिए । इजरायलको श्रम अदालतले हमासद्वारा बन्धकहरूलाई रिहा गर्न सरकारसँग सम्झौता गर्न सहमत हुनुपर्ने भन्दै आम हड्ताल अन्त्य गर्ने आदेश दिएको हो।

प्रतिक्रिया