स्पेनिस ला लिगा : रियल मड्रिडको सहज जित
काठमाडौं । स्पेनिस ला लिगामा रियल मड्रिडले जित सहज निकालेको छ ।
आइतबार राति भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई २–० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगितामा रियलका लागि एम्बाप्पले पहिलो गोल गरेका छन । फ्रेन्च फरवार्ड एम्बापेले खेलको ६७ औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका हुन् ।
त्यसपछि बेटिसका गोलकिपरले भिनिसियस जुनियरलाई लडाएपछि पाएको पेनाल्टीलाईपनि एम्बाप्पेले सजिलै गोलमा परिणत गरे । यूईएफए सुपरकपमा एटलान्टाविरुद्ध गोल गरेपछि एम्बाप्पेले ला लिगाका सुरुवाती तीन खेलमा गोल गर्न सकेका थिएनन् ।
चार खेलपछि २ मा जित र २ मा बराबरीसहित रियल ८ अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको १२ अङ्क छ ।
प्रतिक्रिया