युक्रेनी ड्रोन आक्रमणलाई विफल पारेको रुसको दाबी

एजेन्सी । रूसले युक्रेनको ‘विशाल’ ड्रोन आक्रमणलाई विफल पारेके दाबी गरेको छ । 

राजधानी मस्कोसहित १५ क्षेत्रमा १५८ वटा ड्रोन खसालेर दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले युक्रेनसँग सीमा जोडिएको कुस्र्क, ब्रायन्स्क, भोरोनिश र बेल्गोरोड क्षेत्रमा १२२ वटा ड्रोन खसालेको जनाएको छ । 

शहर नजिकै कोइलाबाट चल्ने एउटा पावर प्लान्ट र शहरको सीमाभित्र रहेको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण भएको बताइएको छ । क्षेत्रीय गभर्नर अलेक्जेन्डर बोगोमाजले ब्रायन्स्क क्षेत्रको इलाकामा मानवरहित विमानले गरेको ठूलो आक्रमणको प्रयासलाई प्रतिकार गरिरहेको बताए । 

युक्रेनको ऊर्जा पूर्वाधारलाई २०० भन्दा बढी रूसी ड्रोन र क्षेप्यास्त्रले निशाना बनाएको केही दिनपछि यो आक्रमण भएको हो । युक्रेनले रूसको कुस्र्क क्षेत्रमा आक्रमण सुरु गरेको पनि करिब एक महिना भइसकेको छ भने पूर्वी युक्रेनमा रूसी सेनाले निरन्तर आक्रमण जारी राखेको छ ।
 

प्रतिक्रिया