गाजामा भेटिएका अज्ञात शवहरुको पहिचान गरिँदै, बन्धक बनाइएकाहरुको हुनसक्ने आशंका

एजेन्सी । गाजामा भेटिएका अज्ञात शव पहिचानको काम तिब्र बनेको छ । गाजामा जारी शैन्य कारबाहीका क्रममा धेरै शवहरु भेटिएका छन् र ती शवहरु निकालेर पहिचान गर्ने प्रक्रिया जारी रहेको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ती शवहरु हमासले बन्धक बनाएका इजरायली र विदेशी नागरिकको हुनसक्ने आशंका उब्जिएको छ । यद्यपि, इजरायलले भने आफ्ना जनतालाई ती शवहरुबरे भ्रम शृजना नगर्न आग्रह गरेको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने ति शवहरुबारे अमेरिकी अधिकारीले इजरायली अधिकारीहरुसँग वार्ता गरिरहेको जानकारी दिएका छन् । इजरायली शैन्य कारवाहीमा हालसम्म ४० हजार ६ सय ९१ प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ भने ९४ हजारभन्दा बढी घाइते छन् ।

प्रतिक्रिया