युक्रेनको खार्किभमा रुसी आक्रमणमा ७ जनाको मृत्यु

एजेन्सी । युक्रेनको पूर्वी शहर खार्किभमा रुसी आक्रमणमा १४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु भएको छ । 

आक्रमण परी अन्य ५९ जना घाइते भएको खार्किभका क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिएका छन् । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको छ । रुसले बेल्गोरोड क्षेत्रबाट निर्देशित बमसहितको आक्रमण सुरु गरेको थियो ।

युक्रेनी राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै गत हप्ता रुसले युक्रेनमा ४०० भन्दा बढी ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । पछिल्लो रुसी आक्रमण युक्रेनी वायुसेना प्रमुख लेफ्टिनेन्ट जनरल मिकोला ओलेस्चुकलाई पदच्युत गरेको केही घण्टापछि भएको हो। 

जेलेन्स्की आफैले जान मिकोला ओलेस्चुकलाई पदबाट हटाएका थिए।

प्रतिक्रिया