ब्राजिलमा सामाजिक सञ्जाल एक्स माथि प्रतिबन्ध

एजेन्सी । ब्राजिलले सोसल मिडिया प्लेटफर्म एक्स (ट्विटर) माथि प्रतिबन्ध लगाएको छ ।
 
ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि सरकारले एक्समाथि प्रतिबन्ध लगाएको हो । न्यायाधीश एलेक्स्रन्दे दे मोरासले अदालतको आदेश पालना र निर्धारण गरिएको जरिवाना नबुझाउँदासम्मका लागि एक्समाथि तत्काल पूर्ण रुपमा प्रतिबन्ध लगाउन आदेश दिएका थिए ।

दिइएको म्यादभन्दा पहिले एक्सले ब्राजिलमा आफ्नो कानूनी प्रतिनिधि नियुक्त गर्न असफल भएको थियो । अदालतका सबै आदेशहरू पुरा नगरेसम्म र जरिवाना नतिरेसम्म एक्सलाई ‘तत्काल र पूर्णरुपमा प्रतिबन्ध’ गर्न न्यायाधीश अलेक्जान्डर डे मोरेसले आदेश दिएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ब्राजिलमा एक्समाथि गत अप्रिलबाट नै कडाइ गरिन थालिएको थियो । न्यायाधीशहरूले गलत जानकारी फैलाएको आरोपमा दर्जनौँ एक्स अकाउन्टहरू बन्द गराउन सरकारलाई निर्देशन दिएका थिए । तर एक्सका प्रमुख मस्कले ब्राजिलका न्यायाधीशको आदेशलाई चुनौती दिँदै पुराना केही खातामाथिको प्रतिबन्ध हटाएको थियो । 
 

प्रतिक्रिया