जपानमा आँधीमा परी ६ जनाको मृत्यु

एजेन्सी । जापान यतिबेला दशकयताकै शक्तिशाली सामुद्रिक आँधीको चपेटामा परेको छ । सानसान नामक आँधीमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । आँधीका कारण अहिलेसम्म ८० जना घाइते भएका छन् । 

अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार २ सय ५२ किलोमिटर प्रतिघण्टाको गतिमा चलेको आँधीले जनजिवन निकै प्रभावित भएको छ ।  आँधीका कारण करिब दुई लाख ३७ हजार घरहरू बिजुलीविहीन भएका छन् । आँधीको जोखिम बढ्दै गएपछि ५० लाख मानिसलाई सुरक्षित स्थानमा सर्न भनिएको छ । 

त्यस्तै,७ उडानहरू रद्द गरिएका छन् भने रेल सेवासमेत स्थगित भएको छ । राजमार्गका करिब ८० खण्डमा सडक अवरुद्ध भएको छ ।  दक्षिणी जापानका क्युशु, चुगोकु र सिकोकु बढी प्रभावित भएको समाचारमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया