ओपनएआई र एन्थ्रोपिकले अमेरिकी सरकारसँग साझेदारी गर्ने

एजेन्सी । अग्रणी ‘आर्टिफिसियल इन्टेलिजेन्स डेभलपर्स (ओपनएआई)’ र एन्थ्रोपिकले अमेरिकी सरकारलाई सुरक्षा परीक्षणका लागि आफ्नो नयाँ मोडेलमा पहुँच दिन सहमत भएका छन् ।

अमेरिकी एआई सेफ्टी इन्स्टिच्युटसँग गरिएको सम्झौता अमेरिकी सङ्घीय निकाय नेशनल इन्स्टिच्युट अफ स्ट्यान्डर्ड एन्ड टेक्नोलोजी (निस्ट) को एक हिस्सा हो।

ओपनएआईको च्याटजीपीटीको आगमनपछि एआईको नियमन एक प्रमुख चिन्ताको विषय बनेको छ । प्रबिधि कम्पनीहरूले आफ्नो प्रबिधिलाई सरकारी निरीक्षणको लागि खोल्न स्वैच्छिक दृष्टिकोणको लागि दबाब दिइरहेका छन् ।

एनआईएसटीले बेलायती एआई सेफ्टी इन्स्टिच्युटमा आफ्नो समकक्षीसँग मिलेर काम गर्दै दुबै कम्पनीलाई उनीहरूको मोडेलहरूमा सार्वजनिक हुनुअघि र पछि सम्भावित सुरक्षा सुधारको बारेमा प्रतिक्रिया प्रदान गर्ने बताएको छ।
 
मूल्याङ्कनको उद्देश्य अग्रणी एआई मोडेल विकासकर्ता, ओपनएआई र एन्थ्रोपिकद्वारा गरिएको स्वैच्छिक प्रतिबद्धतालाई समर्थन गर्नु रहेको एनआईएसटीले बताएको छ । 

संयुक्त राज्य अमेरिकामा एआई मोडेलहरूको द्रुत तैनाथीको लागि कानूनी पृष्ठभूमि प्रदान गर्न डिजाइन गरिएको यो सहकार्य सन् २०२३ मा घोषणा गरिएको एआईसम्बन्धी ह्वाइट हाउसको कार्यकारी आदेशसँग सम्बन्धित कामको एक हिस्सा हो । 

युरोपेली सङ्घ (ईयू)को विपरीत वासिङ्टनले प्रविधि कम्पनीहरूलाई एआईमा नयाँ प्रयोग गर्न स्वतन्त्र छोड्न उत्सुक छ । ईयूका सांसदहरूको एक समूहले उद्योगलाई अझ नजिकबाट नियमन गर्न महत्वाकाङ्क्षी एआई अधिनियम पारित गरेको छ ।
 

प्रतिक्रिया