जुलाईमा जापानको बेरोजगार दरमा सामान्य वृद्धि

एजेन्सी । जापानमा बेरोजगारी दर एक महिना अघिको तुलनामा जुलाई महिनामा बढेको सरकारले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

सञ्चार तथा आन्तरिक मामिलामन्त्रालयका अनुसार मौसमी रूपमा समायोजन गरिएको बेरोजगार दर २.७ प्रतिशत रहेको छ । जुन अघिल्लो महिना २.५ प्रतिशत थियो ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार रोजगारीको उपलब्धता अनुपात जुन महिनामा ०.०१ अङ्कले बढेर १.२४ पुगेको छ । तथ्याङ्कले काम खोज्ने प्रत्येक १ सय जनाका लागि १ सय २४ रोजगारी उपलब्ध रहेको सङ्केत गर्छ । 

विश्लेषकहरूले जुलाईमा रोजगारीको वातावरण बिग्रिएको औंल्याए, तर बेरोजगारहरूमा स्वेच्छिक राजीनामाका घटनाहरू बढेका कारण श्रम बजारको तरलता बढ्दै गएको हुन सक्ने बताएका छन् । 
रासस 

प्रतिक्रिया