आप्रवासी र गाजासम्बन्धमा बाइडेनको निति अगाडि बढाइने : ह्यारिस

एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफु राष्ट्रपति निर्वाचित भएमा मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने बताएकी छन् । 

अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार ह्यारिसले राष्ट्रपतिको हैसियतमा आफूले मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीका लागि विद्यमान् अमेरिकी कानूनलाई कडाइका साथ लागू गर्ने प्रतिवद्धता व्यक्त गरिन् । 

“मलाई विश्वास छ सीमा प्रवेशमा परिणाम आउनेगरी कडाइ गर्नुपर्छ । हामीसँग कानूनहरू छन्, यसको पालना गर्नुपर्छ र आप्रबासी तथा शरणार्थी समस्यालाई व्यवस्थित गर्नुपर्छ । राष्ट्रपति निर्वाचित भएमा मैले हाम्रा विद्यमान् कानूनहरूलाई लागू गर्नेछु,” ह्यारिसले सीएनएनसँगको अन्तवार्ताका क्रममा उद्घोष गरिन् । 

उनले गाजायुद्धका लागि इजरायललाई हतियार उपलब्ध गराउने अमेरिकी राष्ट्रपति जो बाइडेनको नीतिलाई आफूले परिवर्तन नगर्ने बताइन् । यद्यपि, ह्यारिसले युद्धविराम र बन्धक सम्झौता गर्ने समय आएको दाबी गरिन् 
रासस

प्रतिक्रिया