फुकुओका एयरपोर्टमा सानसान आँधीले अवतरण हुन सकेन जाहाज

एजेन्सी । जापानको फुकुओका एयरपोर्टमा सानसान नामक आँधीका कारण जाहाज अवतरण हुन सकेन । 

जापान यतिबेला दशकयताकै शक्तिशाली सामुद्रिक आँधीको चपेटमा परेको छ । सानसान आँधीमा परी त्यहाँ कम्तीमा चार जनाको मृत्यु भएको छ ।  अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आँधीका कारण अहिलेसम्म ८० जना घाइते भएका छन् । २ सय ५२ किलोमिटर प्रतिघण्टाको गतिमा चलेको आँधीले जनजिवन निकै प्रभावित भएको छ ।  आँधीको जोखिम बढ्दै गएपछि ५० लाख मानिसलाई सुरक्षित स्थानमा सर्न भनिएको छ ।

सानसान बिहीबार जापानको तेस्रो ठूलो टापु क्युसुमा ल्यान्डफल गरेको थियो। गामागोरीमा पहिरोको कारण आएको भीषण वर्षापछि आँधीले हवाई उडानलाई पनि  प्रभावित बनाएको समाचारमा उल्लेख छ । 

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) अनुसार आँधीको प्रभाव क्षेत्र अनुसार फरक हुने बताइएको छ । आँधीले बिहीबार तीव्र हावाको बीचमा फुकुओका एयरपोर्टमा एक विमान अवतरणका क्रममा लामो प्रयास गर्दा पनि अवतरण हुन सकेन । विमानले अवतरणमा गरेको प्रयासको भिडियोलाई एबीसी न्यूजले  सार्वजनिक गरेको थियो । उक्त भिडियोमा प्लेनलाई सबैतिर बाट हावाले प्रभावित पारेको देखाइएको छ । बिहीबार सार्ववनिक भएको उक्त भिडियोलाई ३६ हजारभन्दा बढी पटक हेरिएको छ । 

आँधीका कारण करिब दुई लाख ३७ हजार घरहरू बिजुलीविहीन भएका छन् । त्यस्तै,७ सय उडानहरू रद्द गरिएका छन् भने रेल सेवासमेत स्थगित भएको बताइएको छ । त्यस्तै, राजमार्गका करिब ८० खण्डमा सडक अवरुद्ध भएको छ । 

प्रतिक्रिया