पेरिस पारा ओलम्पिक: आज नेपालकी पलेशा र भेनेजुएलाकी भलेरियाबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पेरिस पारा ओलम्पिकमा आफ्नो पहिलो खेल शुक्रबार खेल्दैछिन् । के–४४ क्याटगोरी अन्र्तगत महिला ५७ केजी मुनि पलेशाले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सविरुद्ध प्रतिस्पर्धा गर्ने भएकी हुन् ।
पेरिसस्थित ग्रान्ड पेलेसमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । यस खेलको विजताले क्वाटरफाइनलमा ब्राजिलियन मायारा सिल्भाना फर्नान्डेजसँग खेल्नेछ । फर्नान्डेज बाई पाउँदै सिधै क्वाटरफाइनल पुगेकी हुन् ।
पदक आशा गरिएकी पलेशा हाङचाउ एसियाली खेलकुदकी कांस्य विजेता खेलाडी हुन् । उनले जितेको पदक पारा एसियाली खेलकुदमा नेपालको पहिलो पदक हो ।
भलेरियाले गत वर्ष सान्टियागोमा भएको पारा पान अमेरिकी गेम्समा कांस्य जितेकी थिइन । सो खेलमा उनी तेक्वान्दोबाट पदक जित्ने पहिलो भियतनामी खेलाडी हुन् ।
प्रतिक्रिया