जपानमा आँधीमा परी ४ जनाको मृत्यु, ८० जना घाइते

एजेन्सी । जापान यतिबेला दशकयताकै शक्तिशाली सामुद्रिक आँधीको चपेटमा परेको छ । सानसान नामक आँधीमा परी त्यहाँ कम्तीमा चार जनाको मृत्यु भएको छ । 

अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आँधीका कारण अहिलेसम्म ८० जना घाइते भएका छन् । २ सय ५२ किलोमिटर प्रतिघण्टाको गतिमा चलेको आँधीले जनजिवन निकै प्रभावित भएको छ ।  आँधीको जोखिम बढ्दै गएपछि ५० लाख मानिसलाई सुरक्षित स्थानमा सर्न भनिएको छ । 

आँधीका कारण करिब दुई लाख ३७ हजार घरहरू बिजुलीविहीन भएका छन् । त्यस्तै,७ सय उडानहरू रद्द गरिएका छन् भने रेल सेवासमेत स्थगित भएको बताइएको छ । त्यस्तै, राजमार्गका करिब ८० खण्डमा सडक अवरुद्ध भएको छ । 

दक्षिणी जापानका क्युशु, चुगोकु र सिकोकु बढी प्रभावित भएको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया