गाजा युद्धलाई वेस्ट ब्यांकसम्म विस्तार नगर्न युरोपेली संघको इजरायललाई चेतावनी

एजेन्सी । युरोपेली संघ ‘ईयु’ ले गाजा युद्धलाई वेष्टब्यांकसम्म विस्तार नगर्न इजरायललाई चेतावनी दिएको छ ।

ईयूका विदेश मामिला प्रमुख जोसेप बोरेलले इजरायलले वेष्ट ब्यांकमा गरेको विनाशकारी कारबाहीको पुनरावृत्ति हुन नहुने भन्दै यसतर्फ सचेत गराएका हुन् । इजरायली सेनाको आक्रमणमा प्रत्येक दिन गाजामा दर्जनौं प्यालेस्टिनीको ज्यान जाने गरेको छ । पछिल्लो समय इजरायलले वेस्ट ब्यांक केन्द्रीत आक्रमण थालेको छ । 

इजरायली सेनाले बुधबार जेनिन, तुल्कारेम र तुबासमा गरेको हवाई तथा स्थल आक्रमणमा कम्तिमा ११ जनाको मृत्यु भएको थियो । यसैबीच विश्व खाद्य कार्यक्रमले इजरायली सेनाले मानवीय सवारी साधनमा गोली प्रहार गरेको भन्दै गाजाभित्र आफ्ना कर्मचारीहरूको आवागमन स्थगित गरेको बताएको छ । 

गाजामा इजरायलको युद्धमा ४० हजारभन्दा बढीको मृत्यु भएको छ भने ९३ हजारभन्दा बढी घाइते भएका छन । एघार महिनादेखि जारी युद्ध रोकिने संकेत देखिएको छैन । 

प्रतिक्रिया