तालिवानको नजरमा मार्सल आर्ट हिंसात्मक,लगाइयो प्रतिबन्ध

एजेन्सी । अफगानिस्तानको तालिबान सरकारले मिक्स्ड मार्शल आर्ट (एमएमए) लाई इस्लामिक कानूनसँग नमिल्ने भन्दै प्रतिबन्ध लगाएको छ ।

तालिबानको खेलकुद प्राधिकरणका एक अधिकारीले एमएमए धेरै हानिकारक  रहेकाले प्रतिबन्ध लगाएको दाबी गरेका छन् ।  यो खेल इस्लामिक कानून, वा शरियासँग विरोधाभापूर्ण रहेको भन्दै तालिवानको शारीरिक शिक्षा र खेलकुद महानिर्देशनालयले  खेल इस्लामको नीतिसँग नमिल्ने जनाएको छ । अफगानिस्तानका युवाहरू माझ मार्शल आर्ट लोकप्रिय खेल हो ।  यो खेलले सन् २०२१ मा तालिबान सत्तामा फर्किने अघिका दुई दशकहरूमा निकै समर्थक जुटाएको थियो ।  

अफगानिस्तानमा मिश्रित मार्सल आर्ट्स फेडेरेसन २००८ मा स्थापना भएको थियो । उसले  अफगानिस्तान फाइटिंग च्याम्पियनसिप (एएफसी) र ट्रुली ग्रान्ड फाइटिंग च्याम्पियनशिप सहित दर्जनौं खेलहरु आयोजना गरेको थियो । सन् २०२१ मा तालिवानले “अनुहारमा मुक्का हान्ने“ निषेध गर्ने कानुन पेश गर्दा मार्सल आर्टको प्रतिस्पर्धालाई गैरकानुनी घोषित गरेको थियो । 

केही तालिवान लडाकुहरूले यो खेलसँग सम्बन्धित ब्यक्तिहरुलाई धम्की र उत्पीडनको व्यवहार गर्ने गरेका अन्तर्राट्रिय संचार माध्यमले जनाएका छन् । सन् २०२१ मा तालिवान सत्तामा आएपछि महिलाहरुले बुर्का लगाएर हिड्नुपर्ने,बिद्यालय जान नपाउने,सार्वजनिक स्थानमा बोल्न नपाउने जस्ता कानूनहरु ल्याएको छ । 

प्रतिक्रिया