ब्राजिलको सर्वोच्च अदालतद्वारा ट्वीटरलाई देशव्यापी रुपमा निलम्बन गर्ने धम्की

एजेन्सी । ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले एलोन मस्कलाई २४ घण्टाभित्र आफ्नो सामाजिक सञ्जाल ट्वीटर (एक्स) को तर्फबाट लागि कानुनी प्रतिनिधि नियुक्त गर्न आदेश दिएका छन् । 

न्यायाधिश मोरोसले मस्कले कानुन व्यवसायी नियुक्त नगरेमा सामाजिक सञ्जाल एक्सलाई देशव्यापी रुपमा निलम्बन गरिने चेतावनी दिएका हुन् । 

सर्वोच्च अदालतको आफ्नो आधिकारिक एक्स अकाउन्टमार्फत एलोन मस्कलाई २४ घण्टाभित्र नयाँ कानुनी प्रतिनिधि नियुक्त गर्न समाह्वान जारी गरेको हो । सर्वोच्च अदालतले न्यायप्रक्रियामा बाधा पुर्‍याएमा ब्राजिलमा सामाजिक सञ्जाल एक्सको सञ्चालन निलम्बन हुने चेतावनी दिएको छ । 

मोरेसले न्यायामा बाधा पुर्‍याएसहित अन्य आरोपमा मस्कलाई अनुसन्धानकोे दायरामा राखेका छन् ।  यस वर्षको सुरुमा ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश मोरेसले न्यायाधीश मोरेसले एक्सका विभिन्न खाताबाट दुष्प्रचार फैलाएको आरोप लगाउदै केही खाता बन्द गर्न आदेश दिएपछि विवाद सुरु भएको हो ।

तर एक्सका प्रमुख मस्कले ब्राजिलका न्यायाधीशको आदेशलाई चुनौती दिँदै पुराना केही खातामाथिको प्रतिबन्ध हटाएको थियो । 


 

प्रतिक्रिया