तिजमा अनावश्यक तडकभडक सहित खर्चिला कार्यकम गर्नेमाथि कारवाही हुने

काठमाडौँ । काठमाडौंमा तिजको अबसरमा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यकमहरु गर्ने माथि कारवाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै त्यस्ता कार्यक्रम माथि कारवाही गर्ने जनाएको हो । सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको स्मरण गराउदै प्रशासनले परम्परा एवम् सामाजिक रीतिरिवाजलाई मौलिक रूपमा संरक्षण र संवर्द्धन गर्न आग्रह गरेको छ । 

जारी सूचनामा अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु सबैको कर्तव्य भएको भन्दै सबै राजनीतिक दल, नागरिक समाज, पेसागत सङ्घ संस्थाहरू, सञ्चारकर्मीहरू, महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरूबाट प्रशासनले सहयोगको अपेक्षा समेत गरेको छ । 

 

प्रतिक्रिया