अमेरिकामा मुना पाण्डेको हत्या आशंकामा एक व्यक्ति पक्राउ
एजेन्सी । अमेरिकामा नेपाली छात्रा मुना पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। ट्राफिक जाममा बसेको समयमा उनलाई ह्युस्टन प्रहरीले पक्राउ गरिएको अमेरिकी सञ्चार माध्यमले जनाएको छ ।
बुधबारनै प्रहरीले मुना मृत भेटिएको घरबाट शनिबार एक संदिग्ध बाहिरिँदै गरेको तस्बिर सार्वजनिक गर्दै प्रहरीले संदिग्धलाई देखे खबर गर्नका लागि अपील गरेको थियो। ट्राफिक लाइटमा रोकिएको अवस्थामा उनलाई देखेर स्थानीयले खबर गरेपछि प्रहरीले तत्काल पक्राउ गरेको हो।
आरोपीमाथि अनुसन्धान भइरहेको भन्दै प्रहरीले थप विषय खुलाएको छैन। हत्याको कारण र उद्धेश्य खुलेपछि प्रहरीले पक्राउ परेका व्यक्तमाथि मुद्दा चलाउने बताएको छ।
ह्युस्टन प्रहरीले शनिबार पश्चिम ब्युलवार्ड एयरपोर्ट नजिक रहेको मुनाको अपार्टमेन्टबाट एक प्रौढ उमेरका पुरूष बाहिरिँदै गरेको सिसीटिभी फुटेज सार्वजनिक गरेको थियो। यसअघि मुनाकै प्रेमीले उनको हत्या गरेको आकलन गरिएको थियो। सिसीटिभी फुटेज सार्वजनिक भएपछि मुनाको हत्या प्रेमीले नगरेको खुलेको छ।
भोजपुरकी मुना अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी थिइन्। शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन्।
प्रतिक्रिया