गाजा युद्धलाई वेस्ट ब्याङ्कसम्म विस्तार नगर्न इजरायललाई ईयुको चेतावनी

एजेन्सी । युरोपेली संघ ‘ईयु’ ले गाजा युद्धलाई वेस्ट ब्याङ्कसम्म विस्तार नगर्न इजरायललाई चेतावनी दिएको छ । 

ईयूका विदेश मामिला प्रमुख जोसेप बोरेलले इजरायलले वेष्ट ब्यांकमा गरेको विनाशकारी कारबाहीको पुनरावृत्ति हुन नहुने भन्दै यसतर्फ सचेत गराएका हुन् । इजरायली सेनाको आक्रमणमा प्रत्येक दिन गाजनमा दर्जनौं प्यालेस्टिनीको ज्यान जाने गरेको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिललो समय इजरायलले वेस्ट ब्याङ्क केन्द्रीत आक्रमण थालेको छ । इजरायली सेनाले बुधबार जेनिन, तुल्कारेम र तुबासमा गरेको हवाई तथा स्थल आक्रमणमा कम्तिमा ११ जनाको मृत्यु भएको थियो । 

यसैबीच विश्व खाद्य कार्यक्रमले इजरायली सेनाले मानवीय सवारी साधनमा गोली प्रहार गरेको भन्दै गाजाभित्र आफ्ना कर्मचारीहरूको आवागमन स्थगित गरेको बताएको छ । गाजामा इजरायलको युद्धमा ४० हजारभन्दा बढीको मृत्यु भएको छ भने ९३ हजारभन्दा बढी घाइते भएका छन । 

११ महिनादेखि जारी युद्ध रोकिने संकेत नदेखिएको बताइएको छ । 
 

प्रतिक्रिया