खेलकुद सङ्घहरूको प्रगति र विकासले मात्र समग्र खेल क्षेत्रको प्रवर्द्धन गर्न सकिन्छः मन्त्री चौधरी
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको विकासका लागि खेलसँग आबद्ध सबै सङ्घहरूले थप प्रभावकारी काम गर्नुपर्ने बताएका छन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) द्वारा बुधबार यहाँ आयोजित सम्मान कार्यक्रममा मन्त्री चौधरीले खेलकुद सङ्घहरूको प्रगति र विकासले मात्र समग्र खेल क्षेत्रको प्रवर्द्धन गर्न सकिने बताए । उनले आफू मन्त्री बनेको करिब डेढ महिनामा भएको र खेलकुद ऐन, नियमावलीलगायतका अध्ययन गरिरहेको तथा यसमै टेकेर नेपाली खेलकुदको विकासमा आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्री चौधरीलाई सम्मानपत्र प्रदान गरे । उनले मन्त्री चौधरीको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नेपाली खेलकुदको विकासका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीबीच समन्वय हुनु आवश्यक रहेको विचार व्यक्त गरे ।
प्रतिक्रिया