अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पुनः अभियोग चलाउन अपिल दायर

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पुनः अभियोग चलाउनका लागि अपिल दायर भएको छ । 

अमेरिकी न्याय विभागका विशेष वकिल ज्याक स्मिथले सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गर्ने प्रयास गरेको आरोपमा पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध पुनः अभियोग चलाउनका लागि अपील दायर गरेका हुन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत् निर्वाचनबाट अमेरिकी जनताको ध्यान भंग गर्ने उद्देश्यले आफुमाथि पुनः आरोप लगाइएको उल्लेख गरेका छन् ।

न्याय विभागका प्रवक्ताले मूल मुद्दाको प्रमाण नसुनेका नयाँ ग्रान्ड जुरीसमक्ष वकिल स्मिथले मुद्दा पेश गरेका हुन । यस पुनरावेदनमा ट्रम्पविरुद्धका यसअघिका आपराधिक मुद्दाहरू यथावत राखिएको छ । नयाँ अपीलमा ट्रम्प विरुद्धको विगतका चार आपराधिक मुद्दालाई यथावत राखिएपनि उनको सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावमा गरेको हस्तक्षेप र कथित दुर्व्यवहारका केही विवरणहरू अदालत समक्ष वकिलले राखेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन ।

 ट्रम्पले भने सन् २०२० को चुनावमा आफूले कुनै पनि हस्तक्षेप नगरेको दाबी गर्दै आएका छन् । अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ  । 

प्रतिक्रिया