गौरा पर्वमा टुँडिखेलमा नाराबाजी गर्ने २ जना पक्राउ
काठमाडौं । गौरा पर्वमा टुँडिखेलमा नाराबाजी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेत घर भएका गोपीराम जैशी र अछाम घर भएका रामबहादुर बुढा रहेका छन् ।
भदौ १० गते टुँडिखेलमा आयोजित गौरा पर्वमा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने क्रममा नाराबाजी गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सम्बोधनकै क्रममा नाराबाजी भएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले असन्तुष्टि जनाएका थिए
प्रतिक्रिया