रुससँगको युद्ध संवादमार्फत टुंगिनेमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीको विश्वास

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्ततः संवादमार्फत टुङ्गिने विश्वास व्यक्त गरेका छन् । साथै उनले वार्ताका माध्यमबाट रुससँगको युद्ध अन्त्य गर्ने योजना अमेरिकी राष्ट्रपति जो बाइडेन समक्ष प्रस्तुत गर्ने बताएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार २ वर्षभन्दा लामो समयदेखि चलिरहेको युक्रेन–रुस युद्धवार्ता मार्फत नै समाप्त गर्न सकिने दाबी गर्दै राष्ट्रपति जेलेन्स्कीले बाइडेन र आउने राष्ट्रपति चुनावका लागि उमेद्वार रहेका अरु दुई जनालाई पनि आफ्नो योजनाबारे जानकारी दिने बताएका हुन् ।  

तर, यसको लागि युक्रेन बलियो स्थितिमा हुनुपर्ने जेलेन्स्कीको भनाइ छ । सको कुर्स्क क्षेत्रमा तीन हप्ताअघि आक्रमण सुरू गरेर रुसको १ हजार बर्गकिलोमिटर भूमि कब्जा गर्नु पनि युद्ध अन्त्यकै योजनाको हिस्सा भएको युक्रेनको दाबी छ । तर, यसले आर्थिक र कूटनीतिक गतिविधिमा समेत प्रभाव पारेको भन्दै युक्रेनलाई योजना अघि बढाउन समस्या भएको बताइएको छ । 

यसअघि रुसलाई युद्ध अन्त्य गर्न बाध्य बनाउन बुनेका कुनै पनि योजना सफल नभएपछि अब वार्तामार्फत युद्ध अन्त्य गर्ने योजना रहेको जेलेन्स्कीले बताएका छन् । जेलेन्स्की आउने सेप्टेम्बरमा न्यूयोर्कमा हुने संयुक्त राष्ट्र महासभामा भाग लिन अमेरिका जाने र बाइडेनलाई भेट्ने तयारीमा छन् । उनले अन्तर्राष्ट्रिय शान्ति शिखर सम्मेलनमा जस्तै वार्ताका लागि रुसका प्रतिनिधि पनि महासभामा भाग लिन आउने अपेक्षा रहेको बताएका छन् । 

कीभको शान्तिवार्ताका लागि यसअघि स्विट्जरल्याण्डमा पहिलो शिखर सम्मेलन भएको थियो । भूमि विवाद चर्किएपछि रुसले युक्रेनमा सन् २०२२ फेब्रअरी २४ देखि आक्रमण सुरू गरेको थियो ।

प्रतिक्रिया