श्रीमती मृत्यु पश्चातका सम्बन्धमा ममताका श्रीमानले गरेका थिए गुगल सर्च

श्रीमती मृत्यु पश्चतका सम्बन्धमा अमेरिकामा बेपत्ता नर्स ममता काफ्लेका श्रीमान् नरेशदत्त भट्टले गुगलमा सर्च गरेको पाइएको छ। भट्टले आफ्नो कम्प्युटरमा श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ? भनेर गुगलमा सर्च गरेको पाइएको हो । श्रीमती बेपत्ता पारेको आरोपमा  उनीबिरुद्ध सोमबार मुद्दाको सुनुवाइ भएको थियो। सुनुवाइका क्रममा मुद्दाका अभियोजकहरुले अमेरिकी सेक्रेट सर्विसले प्रमाण पेश गरेको बताएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार भट्टले गत अप्रिलमा नै आफ्नो कम्प्युटरमा गुगल गरेका छन्, जसमा श्रीमती मृत्युको कति समयमा विवाह गर्न मिल्छ ?  कर्जामा रहेकी श्रीमतीको मृत्युपछि के हुन्छ ?  भनेर खोजिएको पाइएको छ । 
 भट्ट नर्स श्रीमती काफ्लेको हत्याका लागि लामो समयदेखि तयारी गरिरहेको प्रमाणका रुपमा उक्त कुरालाई उल्लेख गरिएको छ।  नर्स काफ्लेको शव अहिलेसम्म फेला परेको छैन र नरेश भट्टलाई हत्याको आरोप भने लगाइसकिएको छैन।  

उनीविरुद्ध पर्याप्त प्रमाण रहेको भन्दै उनका वकिलले धरौटीमा छाड्न गरेको निवेदन न्यायाधीशले सोमबार पुनः खारेज गरेका छन्।  उजुरीमा भने भट्टले श्रीमतीको हत्या गरेको उल्लेख  छ। 

प्रतिक्रिया