एक दिन ढिलो गरि भित्रियो मनसुन

mansoon

यस वर्षको मनसुन प्रणाली आज बुधबार नेपाल प्रवेश गरेको छ।नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। तर, यसपटक एक दिन ढिलो मनसुन भित्रिएको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी प्रदेश, पूर्वी मधेस, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकीका पूर्वी भूभागमा मनसुन पुगेको छ।
नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन फैलिंदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । यद्यपि यो सम्भावना स्थानपिच्छे फरक-फरक हुने छ ।
‘पूर्वी र मध्यपहाडी क्षेत्रमा मनसुनी वर्षा सुरु भइसकेको छ। तर, ठूलो वर्षा भने हुन सकेको छैन । ‘चक्रवात र न्यूनचापीय प्रणालीको असर कायमै रहेकाले तराईमा विस्तार हुन नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया