भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनविच फोन वार्ता

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनविच टेलिफोन वार्ता भएको छ । 

दुई नेताबीच युक्रेनलगायत विश्वका विभिन्न विषयमा छलफल भएको बताइएको छ । कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनमा शान्ति र स्थायित्वका लागि भारतको समर्थन दोहो र्‍याएका छन् । मोदी र बाइडेनबीच बंगलादेशको विषयमा पनि छलफल भएको बताइएको छ । 

मोदी र बाइडेनले बंगलादेशको अवस्था छिट्टै सामान्य बनाउन जोड दिएका छन् । साथै बंगलादेशमा कानून र व्यवस्थाको चाँडो पुर्नस्थापना र अल्पसंख्यक, विशेष गरी हिन्दूहरूको सुरक्षा सुनिश्चित गर्नमा दुबै सहमत देखिएका छन् ।

प्रधानमन्त्री मोदी गत साता युक्रेनको भ्रमणमा थिए । यसै क्रममा राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग समेत भेट गरेका थिए ।
 

प्रतिक्रिया