पकिस्तानमा हतियारधारी समूहको आक्रमणमा २२ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको दक्षिण–पश्चिम क्षेत्रको बलुचिस्तान प्रान्तको राजमार्गमा बन्दुकधारी समूहले आक्रमण गर्दा २२ जनाको मृत्यु भएको छ । 

राजमार्गमा चेकचाँज भइरहँदा ती बन्दुकधारीले गाडीमा सवार २२ जनालाई जवर्जस्ती बाहिर निकालेर हत्या गरेका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 

लुचिस्तानमा पाकिस्तानी सेनाले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेका छ । बलोच लिबरेशन आर्मी (बिएलए) नामक लडाकू समूहले सोे आक्रमणमा आफ्नो हात रहेको बताएको छ । पाकिस्तानका वरिष्ठ स्थानीय अधिकारी नजिबुल्लाह काकरका अनुसार करिब ३० देखि ४० जना लडाकू हत्यामा संलग्न थिए । पाकिस्तानी अधिकारीहरुका अनुसार  हतियारधारीहरूले गाडीहरूमा आगो पनि लगाएका थिए । आगो लगाउनुअघि पञ्जाबका मानिसहरूलाई गोली हान्नका लागि परिचय पत्रहरू जाँचेका थिए।सो राजमार्गमा पाकिस्तानको पञ्जाब प्रान्तबाट आउने र जाने सवारी साधनहरूको निरीक्षण गरिएको थियो र पञ्जाबका व्यक्तिहरूको पहिचान गरी गोली हानिएको थियो।

समाचार संस्था रोयटर्सका अनुसार बिएलएले सादा पोशाकमा यात्रा गरिरहेका सैनिकलाई निशाना बनाएको जनाएको छ ।आक्रमण अघि बीएलएले बलोच जनतालाई राजमार्गबाट टाढा रहन चेतावनी दिएको थियो र उनीहरूको लडाई पाकिस्तानी सेनाविरुद्ध रहेको बताएको थियो। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले घटनाप्रति गहिरो दुःख र भर्त्सना गरेका छन् ।

प्रतिक्रिया