इजरायलमा ४८ घण्टे सङ्कटकाल घोषणा,हिजबुल्लाहमाथि प्रत्याक्रमण

एजेन्सी । इजरायली सेनाले लेवननमा रहेको लडाकू समूह  हिजबुल्लाहलाई निशाना बनाउँदै आक्रमण शुरु गरेको छ । 

लेबननस्थित हिजबुल्लाह समूहले इजरायल लक्षित रकेट र ड्रोन हमला गरेपछि त्यसको जवाफमा इजरायलले प्रत्याक्रमण गरेको हो । इजरायलमा ४८ घण्टे सङ्कटकाल घोषणा गरिएको छ । इजरायलको राजधानी तेलअबिबस्थित विमानस्थल आइतबार  केही समयका लागि बन्द भए पनि फेरि सञ्चालनमा आएको छ । लेबनानबाट हिजबुल्लाहले  प्रहार गरेको रकेट र ड्रोनहरु निस्क्रिय पारेको इजरायली सेनाले जनाएको छ ।

हिजबुल्लाहका सैन्य कमाण्डर फुआद शुकर र प्यालेष्टाइन लडाकू समूह हमासका मुख्य व्यक्ति इस्माइल हनिया केही हप्ता अघि इजरायलको आक्रमणमा मारिएपछि हिजबुलाहले त्यसको बदला लिने चेतावनी इजरायललाई दिएको थियो ।  हिजबुल्लाह,हमास लगायत अन्य देशका केही लडाकू समूहलाई इरानको पूर्ण समर्थन रहेको छ । ती सबै लडाकू समूहले एकीकृत रुपमा इजरायलमाथि आक्रमण गर्न सक्ने अनुमान अन्तर्राष्ट्रिय स्तरमा गरिएको छ ।

अमेरिकाले इजरायललाई आफ्नो समर्थन रहेको कुरा पुनः दोहोर्याएको छ । इजरायलले हिजबुल्लाहको आक्रमण निस्तेज पार्न  ’आइरन डोम’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पनि प्रयोग गरिएको जनाएको छ । गत वर्ष हमासका लडाकुले इजरायलमाथि अप्रत्यासित आक्रमण गरेपछि त्यसको बदलामा इजरायलले  हमास,हिजबुल्लाह लगायत मुस्लिम लडाकू समूह बिरुद्ध आक्रमण लक्षित गरेको छ । हमासको आक्रमणमा १२ सय इजरायलीको हत्या भएको थियो ।

त्यपछि प्लालेष्टाइनको गाजामा इजरायलले आक्रमण शुरु गरेको थियो । हमासले २ सय भन्दा बढी इजरायली नागरिकको अपहरण समेत गरेको थियो । इजरायलीसँगै अपहरणमा पर्नैमा  नेपालका बिपिन जोशी पनि रहेका थिए । उनको अवस्था अझै अज्ञात छ । 

प्रतिक्रिया